के नयाँ ,के पुरानो ?
नयाँ र पूराना पार्टी भन्ने भाष्य नै जायज छैन ।प्रश्न समयानुकूल बिचार ,कार्यक्रम र नेतृत्वको हो ।प्रश्न पद्धतिको हो ,बिधिको हो ।विधि ठिक र चिन्तन नयाँ छ भने ,४८ बर्षमै ओबामा पनि राष्ट्रपति बन्छन र ८० बर्षको उमेरमा पनि वाईडेन दोस्रोपटक संयुक्तराज्य अमेरिकाको रास्ट्रपति बन्ने घोषणा गर्न सक्छन ।जनताले पत्याए बन्न पनि सक्छन।नयाँले चमत्कारै चमत्कार गर्ने र पुरानाले बर्बादमात्र गर्ने भन्ने हुँदैन ।जरुरी ,रुपान्तरणको हो ।प्रश्न , पार्टीमा Version update को हो। **** नेपाली काङ्ग्रेस स्थापना -सन १९५० **** नेपाली काङ्ग्रेसको तुलनामा १०० बर्ष भन्दा बढी उमेर भएका र लोकतान्त्रिक रुपले उन्नत पार्टीहरु ,अझै सम्म संसारका अति विकसित रास्ट्रहरुमा जबर्जस्त लोकप्रिय छन् । डेमोक्रेटिक पार्टी ,अमेरिका -----स्थापना -सन् १८२८ रिपब्लिकन पार्टी अमेरिका -----स्थापना सन् १८५४ कन्जरभेटिभ पार्टी ,बेलायत ----स्थापना ,सन् १८३४ लेबर पार्टी ,बेलायत ---------स्थापना, सन् १९०० समयसापेक्ष बिचार ,संगठन र नेतृत्वको अपरिहार्यता , त्यसले देखाउने सपना , जनताले भरोसा र महशुस गर्ने गरि...